सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलीदेखि रोजगार मेला

२०७६ असार १२, ०६:५२ कमल सावद

धनगढीमा भोलीदेखि २ दिने रोजगार मेला हुने भएको छ। सामाजिक बिकास मन्त्रालय र कैलाली उद्योग बाणिज्य संघले सयुक्त रुपमा मेलाको आयोजना गर्न लागेका हुन्। सीप, श्रम, मर्यादित, रोजगारी, सबैको अधिकार सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ मेलाको आयोजना हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ। मेलामा रोजगारदाताका ७, तालिम प्रदायक सस्था, स्वास्थ्य सस्था र श्रमिक आपुर्तिकर्ता २/२ गरि १७ वटा स्टल रहने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। मेलामा तीन लाख सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाको र ८८ हजार उद्योग वाणिज्य संघले खर्च गर्ने छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस