सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलेर ल्याईएको ढाई लाख बढिको हार्डवेयर सामान बरामद

२०७६ असार १२, ०६:४२ खबर संवाददाता

कैलालीमा भन्सार छलेर ल्याईएको ढाई लाख बढिको हार्डवेयर सामान बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्वर ७ चर्राबाट दुई लाख ६० हजार ४ सय ६० को अवैध सामान बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण मातहतको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो। बरामद गरिएको हार्डवेयरका सामानहरु सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गणले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस