कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ शिसा पोष्ट, धनगढी उपमहानगरपालिका–९ बङग्राकटान, धनगढी उपमहानगरपालिका–१३ राजपुर र गोदावरी नगरपालिका–२ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ३४ हजार ५९० बराबरको सामान बरामद गरिएको हो।
प्याज, चिनी, जिरा, खुर्सानी, ज्वानो, नरिवल, मिठाई, लेडिज पाईन्ट, लेडिज टप्स, बिभिन्न किसिमका लेडिज कपडा, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।