सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १४, ०७:२१ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ बङग्राकटान, त्रीवेणीघाट र जोशीपुर गाउँपालिका– झबहीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब मूल्य ६१ हजार, ६ सय मूूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूूल्य बराबरको प्याज, चिनी, च्याउ, बिडी,सुर्ती, पास्ता, पनिर मसाला, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस