सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ लाख घुस सहित सिँचाइ डिभिजनका प्रमुख र इन्जिनीयर पक्राउ

२०७६ असार १२, ०१:४५ खबर संवाददाता

कञ्चनपुरमा  सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा   सिचाई डिभिजन कार्यालय प्रमुख इन्जिनीय र इन्जिनीयर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सेवाग्राहीबाट दुई लाख  घुस लिईरहेको अवस्थामा जल स्रोत तथा सिँचाइ विकाश डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तव र  इन्जिनीयर गिरिस्मा ठगुन्नालाई पक्राउ गरेको हो।

अख्तियारका  प्रवक्ता टोप बहादुर विष्टले उनीहरुले भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि उपभेक्ता  समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई  रंगे हात पक्राउ गरिएको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस