सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १३, ०७:३७ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ बङग्राकटान, भजनी नगरपालिका–३ काँडा पुल नजिक, टीकापुर नगरपालिका–९ बालुवाटार र जोशीपुर गाउँपालिका–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९८ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिइएको हो।

भन्सार छलीका प्याज, चिनी, सरप, बिडी, सुर्ती, मोजा, पाल, बिषादी, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस