सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते

२०८१ पुष १२, ०४:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा बा २ झ १५४० नम्बरको गाडीले ठक्कर दिँदा पैदल यात्री महिला घाइते भएकी हुन्।

गाडीको ठक्करबाट घाइते ६५ वर्षीया ती महिलाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

कमेन्ट लोड गर्नुस