सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको डमौलीयामा स्कुल भ्यान दुर्घटना, ८ विद्यार्थी घाईते

२०७६ असार १२, ११:३५ खबर संवाददाता

धनगढीको डमौलीयामा स्कुल भ्यान दुर्घटना हुँदा ८ जना विद्यार्थी घाईते भएका छन्। आज विहान साढे ९ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर १७ डमौलीयामा जिल्लाको गौरीगंगा नगरपालिकाको डिआर मेमोरियल स्कुलको म्याजिक भ्यान दुर्घटना भएको हो। गौरीगंगा नगरपालिका वडा नम्वर २ चौमलाका २४ बर्षीय लालप्रशाद रावतले चलाएको से १ ज ९२४ नम्वरको म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्।

घाईते सबैको सेती अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनले म्याजिक भ्यान अनियन्त्रित भएको दुर्घटना भएको बताए। 

कमेन्ट लोड गर्नुस