धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका–१० सिमलघाट, धनगढी उपमहानगरपालिका–१८ थापाघाट, जोशीपुर–१ बडहरीया र कैलारी–७ पुरानो भुईयाफाटा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २ हजार ८८० बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीका चिनी, मिश्री, बिडी, सुर्ती, गुट्खा, सुपारी, सलाई, तरकारी, सिंगठा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।