सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मापसे सेवन गरेर आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७६ असार १२, ११:१३ खबर संवाददाता

कैलालीमा मापसे सेवन गरेर आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर १ मा आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेका हुन्। वडा नम्वर १ का जंगवहादुर भुलका २५ बर्षीय छोरा भजनसिंह भुलले मादक पदार्थ सेवन गरि गयराती आफ्नै घरमा आगो लगाएका थिए।

आगलागीका कारण घरमा रहेको लत्ताकपडा, अन्न सवै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनले आफ्नै घरमा आगो लगाउने भुललाई हिजो नै पक्राउ गरिसकेको बताए। आगलागीका क्रममा घर भित्र कोही नभएका कारण मानविय क्षती भने नभएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस