६० दिनसम्म पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन बिना सूचना काटिने
२०८१ पुष ८, ०४:४०
धनगढीः मिटर रिडिङ्ग गरेको ६० दिन पुरा भइसक्दा पनि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन बिना सूचना लाइने काटिने भएको छ।
सो अवधिसम्म महसुल नबुझाउने ग्राहकको विद्युत लाइन बिना सूचना जुनसुकै समयमा पनि काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ। धनगढी विद्युत वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम धमाधम भइरहेको भन्दै सूचना नै जारी गरेको छ।
कमेन्ट लोड गर्नुस