सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट झन्डै ३ लाख मुल्यको सामान बरामद

२०८१ पुष ८, ०८:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ३ लाख मुल्यको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ८७ हजार ४३० बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्यको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको छ।

कमेन्ट लोड गर्नुस