सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध विरुद्धको साताव्यापी कार्यक्रम सम्पन्न

२०७६ असार ११, ०६:०१ खबर संवाददाता

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस कैलालीमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ। सप्ताहव्यापी रुपमा मनाईएको दिवसको अन्तीम दिन आज धनगढीको रातोपुल देखि जिल्ला प्रशासन सम्म प्रभात फेरी निकालिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा भएको प्रभात फेरीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, पूर्व प्रहरी संगठनका पदाधिकारी लगायत अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो।

हाम्रो चाहाना लागु पदार्थ रहित समाजको सृजना भन्ने मुल नाराका साथ मनाईएको दिवसको जिल्ला प्रशासन कार्यालय कैलालीको परिषरमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले समापन गर्नुभएको हो। विगत सात दिन देखि विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमको आयोजना समेत गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस