सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया हस्पिटलमा सिटिस्क्यान सेवा सुरू 

२०८१ पुष ६, ०१:०७ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा सिटिस्क्यान सेवा सुरु भएको छ। 

शनिवार एक औपचारिक कार्यक्रम राखेर सिटिस्क्यान सेवाको उद्घाटन गरिएको हो। गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सिटिस्क्यान सेवाको उद्घाटन गरेका हुन्। उनले नया थपिएको सेवाले यस क्षेत्रको स्वास्थ सेवामा ठूलो योगदान पुग्ने बताए। 

२०७९ सालमा स्थापना भएको हस्पिटलमा करिब साढे ४ करोडको लागतमा सिटिस्क्यान सेवा सुरु गरिएको अस्पतालका निर्देशक आनन्द पाठकके बताए। उनले अत्तरियामा प्रहिलो पटक सिटिस्क्यान सेवाको सुरुवात गरिएको बताउदै अबका दिनमा यस क्षेत्रका मानिसले बाहिर जान नपर्ने बताए।

अस्पतालका अध्यक्ष रघुनाथ पाठकको अध्यक्ष रघुनाथ पाठकले अस्पतालमा छिट्टै एमआरआईलगायतका सेवा विस्तार गर्ने बताए। कार्यक्रममा गोदावरी नगरपालिकाका उप–प्रमुख शारदा रोकाया, नगर प्रवक्ता गोपालदत्त भट्टले अस्पतालले थप सेवा विस्तार गरेकोमा शुभकामना दिए।

कमेन्ट लोड गर्नुस