सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८१ पुष ६, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

धनगढी उपमहानगरपालिका–७ सरस्वती स्कुल नजिक र टीकापुर नगरपालिका–९ भिउटावर स्थित नदी छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लमख ९७ हजार ५० बराबरको सामान नियन्त्रणमा लिइएको हो।

प्याज, बिभिन्न प्रकारको धागो, हुक, बुक्रम, चेन, सिलाई मेसिनमा हाल्ने तेल, गेडिस, सिद्रा माछा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस