सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

२०८१ पुष ५, ०९:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–९ तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३० हजार बराबरको चिनी, बिडी, खाने तेल, थान कपडा, कस्मेटिक लगायतका सामान बरामद गरिएको हो। उक्त सामान इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको छ।

कमेन्ट लोड गर्नुस