सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोपाई सुरु हुँदा पनि मल पाएनन् सुदूरपश्चिमका किसानले

२०७६ असार ११, ११:३५ जनक विष्ट

सुदूरपश्चिममा रोपाईको चटारो लागेका बेला मल अभाव अभावको समस्या हट्न सकेको छैन्। प्रदेशका तराई र पहाडी जिल्लामा रोपाईको चटारो लागेका बेला मलको अभाव भएपछि किसानहरु समस्यामा परेका छन्। कैलाली कञ्चनपुरका किसानलाई रोपाई गर्ने र सात पहाडी जिल्लामा रोपाई सहित मर्कै छर्ने तथा गोडमेल गर्ने चटारो लागेका बेला बजारमा मलको अभाव भएपछि किसान समस्यामा परेका हुन्। देशमा तीन तहका सरकार रहेका बेला समेत मलको अभाव भएपछि किसानहरु चौतर्फी समस्यामा परेका छन्।

नागरिकसंग निकट सम्बन्ध राख्ने स्थानीय र प्रदेश सरकारले अहिले कृषिबाटै समृद्धिको यात्रा तय गर्ने सपना बाडिरहेका बेला किसानहरु भने मल नपाएर आजित भएका छन्। तर प्रदेश र स्थानीय सरकारले मलको सहज आपूर्तीका लागि कुनै पहल नगरेका गुनासो गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाका किसान ठक्कर बहादुर शाहीले कृषिबाटै समृद्धिको सपना बाड्ने प्रदेश र स्थानीय सरकारले मलको सहज आपूर्तीका लागि पहल नगरिदिदा समस्या भएको बताए।

‘रोपाई गर्न खेत खनजोत गरेर ठिक्क राखेकाछौँ,’उनले भने,‘दैनिक जसो मलका लागि बजार धाउछु तर नपाउँदा रितो हात फर्कन बाध्य छौँ, यस्तो बेला समृद्धिका सपना बाड्ने सरकार सुतेर बसेको छ।’सुदूरपश्चिममा मल अभावको समस्या नौलो भने होईन् गत विगतका वर्षमा पनि यस क्षेत्रका किसानहरु खेतीपातीको समयमा मल अभावको समस्या खेप्दै आएका थिए। तर सरोकारवाला नीकायको उदासिनताका कारण वर्षेनी प्रदेशमा आवश्यकताको ४० प्रतिशत मात्र मलको उपलव्धता हुँदै आएको छ।

हरेक वर्ष मागको ६० प्रतिशत मल आयात नहुँदा किसानले खेप्दै आएको समस्या समाधानका लागि अहिलको प्रदेश सरकारका कृषि मन्त्रीले समेत  पहल नगरेको भन्दै किसानहरु निराश भएका छन्। मल अभावका कारण धान रोप्ने किसान मात्र नभएर अन्य खेती गर्दै आएकाहरु प्नि मारमा परेका छन्। कैलालीका केरा किसान नारद पन्तले मल नपाउँदा समस्या भएको गुनासो गरे।

कृषिबाटै समृद्धिको मार्ग तय गर्ने बताउँदै आएको सुदूरपश्चिम सरकारका कृषिमन्त्री विनीता चौधरीले पनि सार्वजनिक रुपमै मलको अभाव हुन नदिने आश्वासन किसानलाई बड्दै आएकी छन्। तर सहज आपूर्तीको व्यवस्था गरी किसानहरुलाई मल अभावको समस्याबाट छुट दिन कृषि मन्त्री नै अग्रसर नभएको आरोप लाग्दै आएको छ भने सञ्चार माध्यममा प्रतिक्रिया दिन समेत अस्वीकार गर्दै आएकी छन्। तर कृषि मन्त्रालयका निमित्त सचिव खगेन्द्र शर्माले मलको सहज आपूर्तीका लागि पहल भइरहेपनि केन्द्रमा सम्झौता नहुँदा समस्या भएको दावी गरे।

उनले मन्त्रालयले सम्बन्धीत निकायमा आपूर्ती बनाउन भन्दै आग्रह गरिरहेको समेत जिकिर गरे। यता सुदूरपश्चिममा मागको ७० प्रतिशत मल आपूर्ती गर्ने जिम्मा पाएको कृषि समाग्री कम्पनी लिमिटेडले भने आपूर्तीकर्ताले ढुवानी नगरेपछि समस्या भएको दावी गरिरहेको छ। केन्द्रीय कार्यालयले नै सम्झौता गरी नियुक्त गरेको आपूर्तीकर्ताको अटेरीपछि अब सहकारी संघसंस्थाले सोझै भैरहवाबाटै मल ढुवानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको कृषि समाग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रबन्धक नवल सिंह बोगटीले बताए।

धनगढीका किसानहरुले मलको सहज आपूर्तीको व्यवस्था मिलाउन माग गर्दै तीन दिने अल्टिमेटम सहित सोमबार प्रदेशका कृषमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। किसानहरुले रसायनीक मल वितरक सहकारीहरुले सरकार र ठेकेदारको मिलोमतोमा मल ढुवानीमा चरम लापरवाही गरिरहेको आशंका पनि गरेका छन्।  तीन दिन भित्र मलको आपूर्ती सहज नभए आन्दोलनको चेतावनी पनि दिईएको छ। 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस