सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा दुरविन प्रविधिबाट पाठेघरको उपचार

२०७६ असार ११, ११:२४ खबर संवाददाता

दुरविन प्रविधिबाट पाठेघरको परिक्षण अव धनगढीमै सम्भव भएको छ। नीजि क्षेत्रबाट सञ्चालित धनगढीको निसर्ग अस्पताल एन्ड रिसर्च सेन्टरमा उक्त उपचार सम्भव भएको हो। दुरविन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सेवा अस्पतालले सुरु गरेको हो। बिरेन्द्रनगर नगरपालिका सुर्खेत घर भएकी ३१ बर्षीया प्रतिभा थापा (नाम परिवर्तन) को उक्त परिक्षण एवं उपचार भएको हो। 

विगत ३ वर्ष देखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगञ्ज समेत पुगिसकेकी थिइन्। त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने गरेको बिरामीका आफन्तले बताए। दुरविन प्रविधिबाट उपचार गर्दा उनको दायाँ डिंबबाहिनी नलिको मुख बन्द भएको देखिएको थियो। दुरविन प्रविधिकै माध्यमबाट बिना चिरफार उनको बन्द भएको नलिको मुख खोलिएको छ। अब उनको समस्या समाधान हुने सम्भावना बढेर गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डाक्टर हेमन्त ओझा लगायतको टिम खटिएको थियो। 

बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलिको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख र प्वाल चिप्किएको हेर्न र खोल्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्धति लाभदायी हुनेगर्छ।
 

कमेन्ट लोड गर्नुस