सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण

२०८१ मंसिर २८, ०२:४० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा वन्यजन्तुलाई पानी पिउन शुक्लाफाँटा नगरपालिका–२ का सामुदायिक वनभित्र तीनवटा कृत्रिम पोखरी निर्माण गरिएका छन्।

सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम (ताल)को तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीनवटा कृत्रिम पोखरी निर्माण गरिएको हो। पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन्। निर्माण गरिएका तीनवटै पोखरी ८० हजार लिटर क्षमताका छन्।

निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खायाममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए। पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जङ्गली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ छ। पोखरी निर्माणले सामुदायिक वनभित्र जङ्गली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए।
 

कमेन्ट लोड गर्नुस