सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम परिवर्तनसँगै बैतडीमा बिरामीको सङ्ख्या बढ्यो

। फोटो स्रोत ।
२०७६ असार १०, ०४:०८

मौसम परिवर्तन संगै बैतडीमा बिरामीको संख्या बढेको छ। गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ। जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन्। अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए। गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको बताए।

बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ। मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताए। धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउन उनले सुझव समेत दिए। रासस

कमेन्ट लोड गर्नुस