सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगो निभाउँने क्रममा दुई जना घाइते

२०८१ मंसिर २३, ०८:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा आगो निभाउनेक्रममा दुई जना घाइते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका–५ टायन स्थित एक घरको आगनमा बालेको आगोमा बच्चाहरुले पेट्रोल खन्याएपछि आगो घरमा सल्किएको थियो।

आगो निभाउँन खोज्दा कौशिल्या विक र किरण विक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरु दुबै जनाको अवस्था भने मध्यम रहेको छ।

कमेन्ट लोड गर्नुस