सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा ४५ अङ्ककोे गिरावट

२०८१ मंसिर २३, ०५:१६ खबर संवाददाता

काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो। यो एक दशमलव ६७ प्रतिशतको गिरावट हो।

आज तीन सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर ८१ हजार चार सय चार पटक खरिदबिक्री हुँदा सात अर्ब ४७ करोड तीन लाख पाँच हजार बराबरको कारोबार भएको छ। आजको कारोबारमा दुई सय १४ कम्पनीको शेयर मूल्य घटेको छ। सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा बढी जीवन बिमा समूह तीन दशमलव शून्य सात र व्यापार समूह दुई दशमलव १३ प्रतिशतले घटेको छ। खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख ६१ हजार पाँच सय ६९ को कारोबार भएको छ।
 

कमेन्ट लोड गर्नुस