सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भारतीय एसएसबीद्धारा हुलाकी सडक निर्माणमा रोक

२०७६ असार १०, १२:०० कमल सावद

कञ्चनपुरमा भारतीय  सीमा सुरक्षा बल एसएसबिले हुलाकी सडक निर्माणमा रोक लगाएको छ। एसएसबीले भारतीय भूमीमा सडक निर्माण भइरहेको  भन्दै अवरोध सिर्जना गर्दै रोक लगाएको हो। एसएसबीले जिल्लाको बेलौरी नगरपालिका क्षेत्रमा पर्ने हुलाकी खण्डको एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध सिर्जना गर्दै निर्माणमा रोक लगाएको हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए। भारतीय पक्षले आफ्नो भूमी भन्दै सडक निर्माणमा अवरोध सिर्जना गरेको छ, उनले भने, सुरक्षा निकायको पहलमा समन्वय भइरहेको छ। तर उनले भारतीय पक्षबाट अधिकारीक पत्र आउन भने बाँकी रहेको बताए। 

सडक योजना कार्यालयका अनुसार भारतीय एसएसबीले निर्माण कम्पनीलाई जेठ अन्तीम सातातीर निर्माण कार्य रोक्न दबाब दिएका थिए। एसएसबीले ठेक्का सम्झौता पाएको बाबाहंस–सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण रोक्नमा दबाब दिएको योजना कार्यालयले जनाएको छ। उक्त क्षेत्रमा बेस निर्माणको काम सकेर कालोपत्रेको तयारी गरिएको थियो। तर भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको ईन्जिनियर पदम बहादुर मडैले बताए। उनले सो विषयमा माथिल्लो निकायमा पनि जानकारी गराइसकेको बताएका छन्।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले संयुक्त सीमा सर्भे टोली फर्किसकेकाले एसएसबीलाई अवरोध सिर्जना नगर्न आग्रह गरिएको बताए। तर अवरोध कायमै राखेपछि उक्त विषयमा थप छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए।  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस