सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पनि वडा कार्यालयको ढोकामा आगजनी

२०७६ असार १०, १०:०७ डीवि विष्ट

बझाङ–जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनीको प्रयास भएको छ। अज्ञात समूहले विहान ४ बजे वडा कार्यालयको ढोकामा पेट्रोल छर्केर आगो लगायको वडा नम्बर ३ का वडा अध्यक्ष कलक वलीले बताए। वडा कार्यालय पडेश गाँउ नजीकै भएका कारण स्थानीय बासिन्दाले तत्कालै थाँहा पाएपछि आगो नियन्त्रणमा लिएको उनले बताए। आगलागी बाट वडा नम्बर ३ को मुल ढोकामा सामान्य क्षति पुगेको वडा अध्यक्ष वलिले बताए।
यस्तै बुंगल नगरपालिका वडा नम्बर ११ मा समेत शंकास्पद बस्तु राखीएको छ। वडा नम्बर ११ को मुल ढोकामा जिआई पाईपबाट मोबाईलको ब्याट्रीमा तार बेरेर वडा कार्यालयको भित्र दुई वटा तार लगिएको वडा नम्बर ११ का वडा सदस्य नर बहादुर पातलीले दिनेश खबरलाई बताए। उनका अनुसार कस्ले राखेको हो भन्ने केही पनि जानकारी नभएको तर अहिले उक्त कुराको जानकारी सुरक्षा निकायलाई गराएको उनले बताए। 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस