सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मल आपूर्तिको माग गर्दै तीन दिने अल्टिमेटम

२०७६ असार १०, ०७:४० खबर संवाददाता

सुदूरपश्चिममा मलको सहज आपूर्तिको माग गर्दै तीन दिने अल्टिमेटम दिईएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई बोधार्थ राख्दै प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमेटेडलाई ज्ञापन पत्र बुझाउँदै मलको सहज आपुर्तिका लागि तीन दिने अल्टिमेटम दिईएको हो।

रसायनीक मल वितरक सहकारीहरुले सरकार र ठेकेदारको मिलोमतोमा मल ढुवानीमा चरम लापरवाही भईरहेको भन्दै तीन दिन भित्र मलको सहज आपुर्ती गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो। तीन दिनमा मलको आपुर्ती सहज नभए सरोकार राख्ने सबै कार्यालयमा तालावन्दी गर्ने चेतावनी समेत दिईएको छ। मनसुनी बर्षा सुरु भएर खेतीपातीको समय भईसक्दा समेत सुदूरपश्चिमका किसानहरुले पर्याप्त मल पाएका छैनन्। किसानहरुले मलको चरम अभाव हुँदा समेत प्रदेश सरकार निरही भएर बसेको आरोप समेत लगाएका छन्। 

 

कमेन्ट लोड गर्नुस