सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट

२०७६ असार १०, ०७:१५ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट गराईएको छ। आज विहान ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राती १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले एक जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि विहान डिस्पोजका लागि टिम बोलाईएको थियो।

तर डिस्पोज टिम पुग्न अगाडी नै विहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। वम विस्फोट भएपनि क्षती नभएको उनले बताए। झोला भित्रै बम विस्फोट भएको थियो। 

कमेन्ट लोड गर्नुस