लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ
२०८१ मंसिर १८, ०७:३४
धनगढीः लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २९ वर्षीय दिवाकर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।
कमेन्ट लोड गर्नुस