सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किदा तीन जना घाइते

साङ्केतिक
साङ्केतिक
२०८१ मंसिर १५, ०९:३० खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किदा तीन जना घाइते भएका  छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ यरपोर्ट मोडमा मोटरसाइकल र स्कुटर ठोक्किदा दुर्घटना भएको छ।

धनगढी–४ का सागर पन्तले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ३२८५ नम्बरको स्कुुटरलाई जेब्रा क्रसिङ गर्ने क्रममा कञ्चनपुरका कृष्णपुर नगरपालिका–४ का सुरेश राजीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ८७७३ नम्बरको मोटरसाइकले ठक्कर दिँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परेर स्कुटर चालक, स्कुटर पछाडि सवार ज्ञानुदेबी पन्त र मोटरसाइकल चालक घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस