सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढीको विकासमा सञ्चारकर्मीको भूमिका’ विषयमा छलफल

२०८१ मंसिर १५, ०२:११ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ‘धनगढीको विकासमा सञ्चारकर्मीको भूमिका’ विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको छ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा छलफल कार्यक्रमको आयोजना गरिएको हो। शनिबार भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका–१८ का वडाअध्यक्ष भुवन रिजालले धनगढीमा देखिने गरी विकास भएको बताएका छन्। सो अवसरमा धनगढी उपमहानगरपालिका–३ का वडाअध्यक्ष राजबहादुर ऐरले पनि अघिल्लो कार्यकालभन्दा अहिले नगरवासीले अनुभुति गर्ने गरी विकासले गति लिएको बताए।

वडा नम्बर ६ का वडाअध्यक्ष भागीराम चौधरीले पनि धनगढीमा शिक्षा, स्वास्थ्यदेखि पूर्वाधार विकाससम्मै काम भएको बताए। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु सहभागि थिए।

कमेन्ट लोड गर्नुस