सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कांग्रेस सभापति देउवाको निवास अगाडी बम राख्ने एक जना पक्राउ

२०८१ मंसिर १५, ०१:०३ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो। सो विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

कमेन्ट लोड गर्नुस