कञ्चनपुरबाट ५ लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट पाँच लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका भाँसीबाट ५ लाख १३ हजार मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले उक्त अवैध सामान बरामद गरेको हो। बरामद गरेको मोबाईल कभर, स्वीच, स्वीच बोर्ड लगायतका सामान कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ।