कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–९ बाट गोदावरी नगरपालिका–८ बस्ने २० वर्षीय बिबेक चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ३६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।
टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मी प्रासाद चौलागाई पक्राउ परेका छन्। दुबै जनालाई १४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो।
यस्तै ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको छ। शंकरलाई टीकापुर नगरपालिका–३ रामपुर स्थित सडक छेउमा लागु औषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो। शंकरको साथबाट १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोईन)सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ।