सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एरिष्टो स्कुलले गर्‍यो नमुना मतदानको अभ्यास

२०८१ मंसिर १२, ०७:२६ खबर संवाददाता

धनगढीः धनगढीको एरिष्टो स्कुलले नमुना निर्वाचन गराएको छ। धनगढी–८ क्याम्पस चोकमा रहेको विद्यालय बुधवार नमुना मतदान गराएको हो।

विद्यालयल सामाजिक विषयको निर्वाचन सम्बन्धी पाठको प्रयोगात्मक अभ्यास गराउन नमुना निर्वाचनको अभ्यास गराएको विद्यालयका सामाजिक शिक्षक विकास विश्वकर्माले बताए। उनले मंसिर २ गतेबाट सुरू भएको निर्वाचन प्रक्रिया मंसिर १२ मा आएर निर्वाचन परिणामको घोषणासँगै समाप्त भएको हो।

विद्यालयले नमुना निर्वाचनका लागि विद्यार्थीहरू सम्मीलित नमुना निर्वाचन आयोग गठन गरेर विद्यार्थीहरूलाई चार वटा विचार समूहका आधारमा चुनावी घोषणापत्र लेख्न लगाई उम्मेदवारी दर्ता देखि चुनावी प्रचारप्रसार पश्चात् मौन अवधिको अभ्यास गराउँदै निर्वाचन गराएको शिक्षक विश्वकर्माले बताए।

आवधिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचनको समेत अभ्यास गराइएको हो। प्रतिनिधि सभाको गठन र काम कर्तव्य र अधिकारको बारेमा विद्यार्थीहरूमा जीवन्त सिकाइ गर्न निर्वाचन प्रक्रियाको अभ्यास गर्न लगाइएको अर्का शिक्षक तेजराज कापाडीले बताए। उनले एरिष्टो स्कुलले किताबी ज्ञानमा मात्र सीमीत नभएर राजनीतिक पार्टी, लोकतन्त्र, निर्वाचन प्रक्रिया तथा प्रतिनिधी सभाको  महत्व बारे प्रयोगातत्मक  सिकाइका निर्वाचनको अभ्यास गराइएको बताए।

विद्यार्थीलाई किताबमा मात्र सिमित नबनाएर  प्रयोगात्मक रुपमा सिकाउँदा अझै प्रभाकारी हुने भएकाले विद्यालयले प्रयोगात्मक अभ्यास गराएको विद्यालयले जनाएको छ। नमुना निर्वाचन सम्पन्न गर्न विद्यालयका छात्र गौरव उपाध्यायको नेतृत्वमा नमुना निर्वाचन आयोग गठन गरेर दल अर्थात् समूह दर्ता, उम्मेदवारी दर्ता र चुनावी आचारसंहिताको निर्माण र कार्यान्वयन गरिएको थियो। 

कमेन्ट लोड गर्नुस