सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी

। फोटो स्रोत ।
२०७६ असार ९, १२:४२

लमजुङमा अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी भएको छ। यसवर्ष ७ सय ५० क्विन्टल अलैँची बिक्रीबाट ५ करोड २५ लाख रुपैयाँ आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए। उनका अनुसारगत वर्ष अलैँची बिक्रीबाट ४ करोड हाराहारीमा आम्दानी भएको थियो भने, ६ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो।

यसवर्ष किसानले प्रतिकेजी ६ सय रुपैयाँदेखी ७ सय ५० रुपैयाँसम्मा अलैँची बेचेका थिए भने गत वर्ष किसानले प्रतिकेजी ६ सयदेखी ६ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए। ‘गत वर्षको तुलनामा यसवर्ष जिल्लामा अलैँची उत्पादन पनि तुलनात्मक रुपमा बढेको भन्दै उनले गत वर्षको तुलनामा यसवर्ष किसानले अलैँचीको मूल्य पनि राम्रो पाएको बताए। 

केही वर्षहरुबाट अलैँचीले उच्च मूल्य पाउँदा यसको खेतीमा कृषकको आकर्षण बढेको भए पनि पछिल्लो समय फेरी अलैँचीको मूल्य तुलनात्मक रुपमा घट्दै जाँदा कतिपयले खेती गर्न छाडेको शखाले जनाएको छ। अलैँची व्यवसायी महासंघ शाखाका अनुसार  लमजुङमा अहिले झण्डै २० हजार किसानले अलैँची खेती गरेका छन्। लमजुङको ८ वटै स्थानीय तहमा गरी झण्डै १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती भइरहेको छ।

कमेन्ट लोड गर्नुस