धनगढीमा हावाहुरी पिडितलाई कुमारी बैंकको सहयोग
जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि कुमारी बैंकले आईतबार सहयोग गरेको छ। कुमारी बैंक धनगढी शाखाका प्रवन्धक खडक बहादुर रोकाया र कुमारी बैंक क्याम्पस रोड शाखाका प्रवन्धक नारायणदत्त भण्डारीले धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडलाई हावाहुरी पिडितका लागि भन्दै १ लाखको चेक हस्तान्तरण गरेका हुन्। कुमारी बैंक शाखा कार्यालय धनगढीका प्रवन्धक खडकबहादुर रोकायले बिपदमा परेकाहरुलाई सहयोग गर्न पाएकोमा आफुहरु भाग्यमानी भएको बताए।