सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुपका आर्थिक मामिला मन्त्रालयका सचिव झलकरामले गरे सरकारी गाडीको दुरुपयोग

२०८१ मंसिर ८, ०४:५० खबर संवाददाता


धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले सरकारी गाडीको दुरूपयोग गरेको फेला परेको छ। सार्वजनिक बिदाका दिन प्रदेश सचिव अधिकारीले मन्त्रालयको गाडी मदिरा सेवन गर्न दुरूपयोग गरेका हुन्।

सरकारी काम बाहेक बिदाको दिन गाडी प्रयोग गर्न नपाइने नियमको प्रदेशकै सचिवले उल्लंघन गरेका हुन्। सचिव अधिकारी सरकारी गाडी लगेर धनगढी-३ मोहना नदी किनारमा रहेको द नेचर रिसोर्टमा पार्टी खान गएका हुन्। उनी दिउँसो आफ्ना दुई जना साथीसँग पार्टी खान रिसोर्ट छिरेका हुन्।

उनले आर्थिक मामिला मन्त्रालयको बाग्मती प्रदेश ०१-००२ झ ५९४४ नम्बरको गाडी रक्सी पिउन दुरुपयोग गरेका हुन्। सचिव अधिकारीको टोली यो सामाचार तयार गर्दासम्म रिसोर्टमै रमाइलो गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस