सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १३ बर्षीया किशोरीको सामुहिक बलात्कार, ३ जना पक्राउ

२०७६ असार ८, ०४:२६ खबर संवाददाता

कैलालीमा १३ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। धनगढी बस्ने १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का कुट्टु चौधरी चौधरी पक्राउ परेका हुन्। रातीको समयमा जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले किशोरीको सेती अस्पतालमा उपचार भईरहेको बताए। 
घर नजिकै खेलीरहेको अवस्थामा मोटरसाईकलमा राखि धनगढी उप– महानगरपालिका वडा नम्वर ७ स्थित पटेलाको जंगलमा लगेको र हातखुट्टा समाती पालैपालो जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पछि पीडित भाग्दै गाउँ नजिकै पुग्दा समेत तीन जनाले धाकधम्की दिएको समेत प्रहरीले जनाएको छ। पीडितको आमाले प्रहरीमा जानकारी गराए पश्चात तत्काल प्रहरी टोली परिचालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस