डडेल्धुरामा काठ ओसार प्रसार मुद्दाका फरार दोषी पक्राउ
२०८१ मंसिर ७, ०८:२६
डडेल्धुराः डडेल्धुरामा काठ ओसार प्रसार मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले काठ ओसार प्रसार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिएको पर्शुराम नगरपालिका–१२ बस्ने २९ वर्षीय मनिराज कामी पक्राउ परेका हुन्। कामीलाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले बिहीवार आमपानिबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस