सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट १८ लाखको भन्सार छलीका सामान बरामद, २ जना पक्राउ

२०८१ मंसिर ३, ०८:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा १८ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बाट सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६११ नम्बरको मिनिटाटालाई चेकजाँच गर्दा करिब १० लाख ४ हजार ४ सय मूल्यको अबैध सामान फेला परेको हो। गाडी चालक बैतडीको दशरथचन्द नगरपालिका–२ का २८ वर्षीय दिपकसिंह भाट र गाडीधनी भीमदत्त नगरपालिका–४ का २४ वर्षीय सम्भु भट्टलाई सो सामानसहित पक्राउ गरिएको प्रहरी जनाएको छ।

चक्लेट, सुपारी, सुर्ती, नरिवल, दाल, चिनिसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–६ ऐठपुर, भीमदत्त–१० गड्डाचौकी र भीमदत्त–११ चौकीसत्ताबाट पनि करिब ८ लाख ६५ हजार ६८० मूल्यको अबैध सामान बरामद गरिएको छ। चिनि, मिश्री, सुट कपडा, जुत्ता, चप्पल, कपडा, हाडवेयर, मोबाइलका सामान, किराना लगायत सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस