सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा डुवेर कैलालीका एक जना वेपत्ता

२०७६ असार ८, ११:२९ खबर संवाददाता

कर्णाली नदीमा डुवेर कैलालीका एक जना वेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ बस्ने ४५ बर्षीय पदम विसी नुहाउने क्रममा बगेर वेपत्ता भएका हुन्। सुर्खेतको बाबियाचौरबाट घर फर्किने क्रममा कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ कचाली स्थित कर्णाली नदीमा नुहाउँदा उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय सुगरखालबाट प्रहरी नायव निरिक्षक भोज सिंहको नेतृत्वमा खोजी कार्य भईरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस