सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण

२०८१ मंसिर १, ०७:२९ खबर संवाददाता

डडेल्धुराः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन्।

प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको शुक्रवार निरीक्षण गरेका हुन्। सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताए। विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो। 

नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ। त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो। डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन्। 
 

कमेन्ट लोड गर्नुस