धनगढीमा नागरिकको गुनासो व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न
धनगढीः धनगढीमा नागरिकको गुनासो व्यवस्थापन सशक्क्तिकरण महिला समुह नेपाल सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण एक दिने नागरिकको गुनासो व्यवस्थापन सशक्क्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिकाले नमस्ते मेयर जनगुनासो सुनाई कार्यविधि २०७८ बनाई यसलाई प्रभावकारी सुनाई कार्यन्वयन गरेको पाइयो।
जन गुनासो टोल फ्रि नम्बर हाट्सएप वेइवसाई, इमेलबाट, जनगुनासो आउनेगरेको र गुनासोलाई तत्काल सम्वोधन गर्ने गरेको बताइएको छ। धेरै गुनासो सिधै मेयर कहाँ जाने त्यसको व्यवस्थनपन मेयर आफैले सक्रिय भएर कार्यान्वयनमा ठूलो सयोग पुग्ने र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने धारणा धनगढी उपमहानगरपालिकाका सचिवालय प्रमुख कृपाराम उपाध्याले बताए।
त्यस्तै कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीले जनगुनासो व्यवस्थापनमा धनगढी उपमहानगरपालिका अग्रणी रुपमा रहेको र जनगुनासोको व्यवस्थापनमा बिषेश चासो र कामलाई थप उर्जा दिएको बताए।
कार्यक्रम एकदमै प्रभाकारी भएको र जनगुनासो व्यवस्थापनमा महत्वपुर्ण भूमिका खेल्ने धनगढी उपमहानगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष रुपबहादुर कुवँरले बताए। युनिसेफ नेपालको आर्थिक सयोगमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रराज खाती ,लगायत जनगुनासो सुनाई व्यवस्थापन समितिका बिभिन्न शाखा प्रमुख, धनगढी उपमहानगरपालिका वडाका अध्यक्षलगाएत कार्यक्रममा सभागी रहेका थिए।