सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीले घरको पर्खाल भत्काउँदा धनगढीमा चोरीका घटना झनै बढे

२०७६ असार ८, ०७:३४ कमल सावद

धनगढी ओम शान्ती टोलका सुरेन्द्र प्रसाद भट्टको मोटरसाईकल गत असार ३ गते चोरी भयो। राती १२ बजेपछि घरमै राखिएको मोटरसाईकल चोरी भएको थियो। मोटरसाईकल चोरी भएको पन्तले वडा प्रहरी कार्यालय धनगढीमा निवेदन दिएका छन् तर चोरी भएको मोटरसाईकल अझै पन्तले पाएका छैनन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का दुर्गा थापाको घरको झ्याल र ढोका चोरी पनि चोरी भएको छ। घरको काठ चोरी भएपछि थापाले पनि प्रहरीमा निवेदन दिएका छन्। चोरीको आरोपमा बम विक र हिनेश चौधरी पक्राउ परेका पनि छन्। गते जेठ २९ गते धनगढी उप–महानगरपालिका ३ मा पनि मोवाईल चोरी भएको छ। चोरीको आरोपमा विनोद नेपाली पक्राउ परेका छन्। प्रहरीका अनुसार धनगढी वडा नम्बर ८ मात्र धेरै चोरीका घटनाहरु हुदै आएका छन्। लागुऔषध प्रयोगकर्ताहरुले धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा हैरान बनाएका छन्। 

कुलतमा फसेका युवाहरु बढि चोरीका घटनाहरुमा संलग्न हुने गरेको प्रहरीको तथ्याँकले पनि देखाएको छ। रातीका समयमा प्रहरीको सकृयता कम हुने र हावहुरीका कारण घरमा क्षती भएको मौका छोपेर चोरहरुले विभिन्न सर–सामानहरु चोर्ने गरेका छन्। जेठ २३ गतेको हावाहुरी पछि अझै चोरीका घटनाहरुमा बृद्धि भएको पाइएको छ। अधिकासं घरमा लगाईएको पर्खाल हावाहुरीले भत्काएपछि चोरीका घटना झनै बढेका हुन्। जेठ महिनामा मात्र १४ चोरीका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०७५÷०७६ को हालसम्म कैलालीमा ९२ चोरीका घटनाहरु दर्ता भएका छन्।

६ वटा सवारी चोरी, ८३ साधारण चोरी र तीन नकावधारी चोरी भएका कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता दक्षकुमार वस्नेतले जानकारी दिए। 
चोरीमा संग्लनहरुले घरमा रहेको नगदसंगै अन्न, लत्ताकपडा, साईकल, मोटरसाईकल, मोवाईल समेतलाई निसाना बनाउँदै आएका छन्। तर प्रहरीको ध्यान भने चोरी नियन्त्रणमा केन्द्रित हुन नसकेको आरोप लागेको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस