सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निःशुल्क आँखा शिविरमा ७ सय जनालाई सेवा

२०७६ असार ८, ०७:१६ खबर संवाददाता

धनगढी जेसीजले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ७ सय जनाले सेवा पाएका छन्। धनगढी जेसीजको आयोजना, जोशी अप्टिकल्स एवं आइ केयर सेन्टरको सौजन्य र राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलको आर्थिक सहयोगमा शनिवार धनगढीको ढुङ्गेबजारमा भएको शिविरमा ७ जनाले सेवा पाएका हुन्। शिविरमा सेवा पाएका ७ सय जना मध्ये २२ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको शिविरका संयोजक कलेन्द्र शाहीले जानकारी दिए।

राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल  तथा धनगढी जेसीजका कार्यकारी उपाध्यक्ष समेत रहेका शाहीले स्वास्थ्य सेवाको पहुँचमै रहेर पनि आँखा जाँच नगराउने नागरिकको सेवाका लागि शिविर सञ्चालन गरेको बताए। ‘धनगढी जेसीजले विगत वर्षहरूबाटै थुप्रै सामाजिक कार्यहरू गर्दै आएको छ,’ उनले भने ‘हाम्रो घर नजिकै स्वास्थ्य संस्था छन, तर आँखा र स्वास्थ्य नियमित जाँच गराउनुपर्छ भन्ने बानीको विकास भइसकेको छैन। त्यसका लागि पनि हामीले यो शिविर आयोजना गरेका हौँ।’ 

कैलाली कञ्चनपुरमा आएको हावाहुरी पछि धेरै नागरिकहरू आँखाको समस्याबाट ग्रसित भएकाले उनीहरूलाई समेत लक्षित गरेर शिविर सञ्चालन गरिएको धनगढी जेसीजका अध्यक्ष नरेन्द्रराज अवस्थीले बताए। जोशी अप्टीकल्स एवं आइ केयर सेन्टरका सञ्चालन युवराज जोशीले आफूले समाज सेवाको भावना राखेर शिविर सञ्चालन गर्दै आएको  बताए। शिविरमा एक जना सय वर्षका वृद्धले समेत आँखा जँचाएका छन्। शिविरमा आएका अधिकांसमा आँखामा चिलाउने र विझाउने समस्या रहेको पाइएको छ।
शिविरको शनिवार धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले उद्वघाटन गरेकी थिईन्।

कमेन्ट लोड गर्नुस