सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अति विपन्न हावाहुरी पीडितका ११ घर साझा विवेकशीलद्वारा पुर्ननिर्माण

२०७६ असार ७, ०६:०७ कमल सावद

साझा विवेकशील पार्टीले कैलालीमा अति विपन्न हावाहुरी पीडितका ११ घर पुर्ननिर्माण गरेको छ। गते जेठ २३ गते विहिबार गएको हावाहुरीका कारण पूर्ण रुपमा क्षती भएका अति विपन्न ११ परिवारका घर पुर्ननिर्माण गरिएको हो। साझा विवेकशील पार्टी सुदूरपश्चिम प्रदेशले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारेमा जानकारी दिएको हो। पार्टीका अनुसार एक लाख २९ हजार पाँच सय २५ रुपैयाको लागतमा धनगढी उप–महानगरपालिका वडा नम्बर २, १२ र १५ का एकल महिला, एचआईभी संक्रमित, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक अवस्था निकै कमजोर भएका ११ परिवारका घर पुर्ननिर्माण गरेको हो। 
पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले सरकारले हावाहुरी पीडितका लागि राहत वितरणमा ढिलाई गरेका बेला पार्टीका नेता–कार्यक्रताबाट संकलन भएको रकमबाट पीडितहरुका घर पुर्ननिर्माण गरेको बताए।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा जुवेद शेख र पदम भण्डारी, वडा नम्बर १२ मा लक्ष्मी दमाई, कमला विक र सिता शाही तथा वडा नम्बर १५ मा निर्मला ओझा, गौरी लामा, करण बोगटी, मतादेवि साँउद, हरी सार्की र जोगी रानको घर पुननिर्माण गरेको उनले बताए। पार्टीले घर निर्माण गर्दा गाउँहरुमा छलफलको आयोजना गर्दै अति विपन्न र आवश्यकताका आधारमा पुर्ननिर्माण गरेको जनाएको छ। पार्टीले आगामी दिनमा अव्यवस्थित रुपमा राहत वितरण गर्नुभन्दा आवश्यकताको पहिचान गर्न सरकार र अन्य संघ सस्थालाई सुझाव समेत दिएको छ। 
यस्तै पार्टीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा पानी समेत वितरण गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। हावाहुरी पछि विद्युत सेवा अवरुद्ध हुँदा गोदावरी नगरपालिका ओलानी क्षेत्र काकाकुल भएको थियो। तीन दिनको अवधीमा ओलानी क्षेत्रमा आठ हजार लिटर बढि पानी वितरण गरेको पार्टीले जनाएको छ। गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानीयलाई पानी वितरण गरिएको हो। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस