सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप लिग– २ मा ओमानसँग नेदरल्याण्ड पराजित

२०८१ कार्तिक २६, ०९:१० खबर संवाददाता

काठमाडौंः ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्याण्डसमाथि रोमाञ्चक जित हासिल गरेको छ।

सोमवार सम्पन्न खेलमा ओमानले नेदरल्याण्डसलाई एक रनले पराजित गरेको हो। ओमानले दिएको १५६ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४५.३ ओभरमा अल आउट हुदै १५४ रनमा अल आउट भएको थियो।

यसअघि ओमानले पहिला ब्याटिंग गर्दै ४४.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो। यो जितपछि ओमानको १२ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डसको भने १२ खेलमा १४ अंक नै रहेको छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस