सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवक हत्या प्रकरणः थप २ जना पक्राउ

२०८१ कार्तिक २६, ०६:२७ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुललाई कुटपिट गरेको आरोपमा थप २ जनालाई पक्राउ गरिएको छ।

सोमबार बाख्रा चोरीको आरोप लगाउँदै गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय भुललाई कुटपिट गर्ने २ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित नाम नखुलेका एक व्यक्ति रहेका छन्।

यसअघि प्रहरीले सोही प्रकरणमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल, एक नाबालक, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको थियो। शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर ४०र५० जनाको समूहले उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको विभिन्न पेशागत संघसंगठनहरुले विरोध गरेका छन्। नेपाल पत्रकार महासंघ कैलाली, प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटि, सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली सहितका संघसंगठनहरुले विज्ञप्ती जारि गर्दै कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गरेका हुन्।

कमेन्ट लोड गर्नुस