सेतीको मेसुमा फेरि डाक्टर पाण्डे
धनगढीः सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर हेमराज पाण्डेलाई नियुक्त गरिएको छ।
डाक्टर पाण्डेलाई सामाजिक विकास मन्त्रालयले आइतबार प्रमुख मेसुको जिम्मेवारी दिएको हो। डाक्टर पाण्डेलाई प्रदेश सचिव चक्रपाणि पाण्डेले दोस्रो पटक सेती प्रादेशिक अस्पतालको प्रमुखमा नियुक्त गरेका हुन्। डाक्टर पाण्डेलाई गत वर्ष सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको कार्यकालमा मेसुबाट हटाउन महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको थियो। त्यसपछि मेसुको जिम्मेवारी डाक्टर शेरबहादुर कमरलाई दिइएको थियो।