सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ३० वर्षीय युवकको हत्या, युवतीसहित ५ जना पक्राउ

२०८१ कार्तिक २६, १०:५४ खबर संवाददाता

धनगढीः कैलालीमा एक युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए। कुटपिटबाट घाइते भएका भुलको सोमबार बिहान निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ कान्तिपुरकी ३४ वर्षीया रामा रावलसहित पाँच जनालाई पक्राउ गरिएको छ। ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए।

भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ। मृतक विकले औषधि पसल समेत सञ्चालन गर्दै आएका थिए।

कमेन्ट लोड गर्नुस