सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विज्ञापन खोल्न प्रदेश लोकसेवा आयोगले बनायो कार्यतालिका

२०८१ कार्तिक २५, ०६:३७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले कार्तिकदेखि बैशाखसम्म विभिन्न पद र तहको खुला तथा आन्तरिक प्रतिस्पर्धाको विज्ञापन गर्ने कार्यतालिका बनाएको छ।

प्रदेश लोकसेवाले विभिन्न सेवाका अधिकृतस्तर एघारौं तहको बढुवा आवश्यकताअनुसार गर्ने कार्यतालिकामा उल्लेख गरेको छ। प्रदेश लोकसेवाले विभिन्न सेवाका अधिकृतस्तर नवौं तहका अप्राविधिक र प्राविधिक पदमा खुला, आन्तरिक प्रतिस्पर्धा र बढुवाको विज्ञापन मंसिर अन्तिम साता गर्ने, माग/फागुनमा परीक्षा सञ्चालन गर्ने, चैत/बैशाखमा लिखित परीक्षाको नतिजा प्रकाशन गरेर बैशाख/जेठमा अन्तर्वार्ता र सिफारिस गर्ने कार्यतालिका बनाएको छ।

यस्तै स्वास्थ्य सेवाका अधिकृतस्तर आठौं तहका प्राविधिक पदहरूको मंसिरमा माग संकलन गर्ने, पुसमा प्रतिशत निर्धारण गर्ने र पुस अन्तिम साता विज्ञापन प्रकाशन हुनेछ। आठौं तहको फागुन/चैतमा परीक्षा गर्ने, जेठ/असारमा नतिजा प्रकाशित गर्ने र असार/साउनमा अन्तर्वाता र सिफारिस गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रदेश लोकसेवाले विभिन्न सेवाका अधिकृतस्तर सातौं तहका प्राविधिक पदहरू खुला, अन्तरतह, आन्तरिक प्रतिस्पर्धा र बढुवाका लागि मंसिरमा माग संकलन, पुसमा प्रतिशत निर्धारण तथा पुस अन्तिम साता विज्ञापन प्रकाशन गरिनेछ। यस्तै, फागुन, चैत र बैशाखमा लिखित परीक्षा सञ्चालन गरि जेठ, असार र साउनमा लिखित परीक्षाको नतिजा प्रकाशन तथा असार/साउन/भदौमा अन्तर्वाता र सिफारिस गरिनेछ।

अधिकृतस्तर सातौं तहका अप्राविधिक पद तथा शिक्षा सेवाका प्राविधिक पदहरूको माग संकलन मंसिरमा गरेर विज्ञान प्रकाशन पुस अन्तिम साता हुने भएको छ। यस्तै, फागुन/चैतमा प्रथम चरणको लिखित परीक्षा गरेर बैशाख/जेठमा नतिजा प्रकाशन गर्दै दोस्रो चरणको परीक्षा जेठ/असार/साउनमा सञ्चालन गरी साउन/भदौ/असोजमा लिखितको नतिजा प्रकाशित गर्दै भदौ/असोज/कार्तिकमा अन्तर्वार्ता र सिफारिस गरिने भएको छ।

प्रदेश लोकसेवा आयोगले सहायकस्तर पाँचौ तहका अप्राविधिक पदहरूको माघ अन्तिम साता विज्ञापन गर्ने भएको छ। पहिलो चरणको लिखित परीक्षा बैशाख/जेठ/असारमा गरेर असार/साउनमा नतिजा निकालेर दोस्रो चरणको परीक्षा  साउन/भदौमा गरी असोज/कार्तिकमा नतिजा निकालेर उत्तीर्ण उम्मेदवारको कात्तिक/मंसिरमा अन्तर्वार्ता लिएर सिफारिस गरिने भएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरूको विज्ञापन फागुन अन्तिम सात गर्ने भएको छ। पाँचौ तह प्राविधिक पदहरूको लिखित परीक्षा भने असार/साउन/भदौमा सञ्चालन गर्दै साउन/भदौ/असोजमा नतिजा प्रकाशन गरी असोज/कात्तिक/मंसिरमा हुने अन्तवार्तामा उत्तीर्ण उम्मेदवारको सिफारिस गरिनेछ।

सुदूरपश्चिममा सहायकस्तर चौथो तहका अप्राविधिक पदहरूको विज्ञापन चैत अन्तिम साता, प्रथम चरणको लोखित परीक्षा भदौं/असोजमा, नतिजा प्रकाशन कार्तिक/मंसिरमा हुने छ भने दोस्रो चरणको लिखित परीक्षा मंसिर/पुसमा भएर उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन माघ/फागुन तथा फागुन/चैतमा अन्तर्वार्ता र सिफारिस गरिनेछ। विभिन्न सेवा सहायकस्तर चौथो तहका प्राविधिक पदहरूको विज्ञापन भने बैशाख अन्तिम सात हुनेछ।

यी पदहरूको भदौ/असोज/कार्तिकमा परीक्षा सञ्चालन, कार्तिक/मंसिर/ पुसमा लिखित परीक्षाको नतिजा प्रकाशन तथा मंसिर/पुस/माघमा अन्तर्वाता लिएर उत्तीर्ण उम्मेदवारको सिफारिस गरिने भएको छ। प्रदेश लोकसेवा आयोगले निजामती सेवा नियमावली चाँडै आए वार्षिक कार्यतालिका अनुसार विज्ञापन खोल्ने, परीक्षा गर्ने र नतिजा सार्वजनिक गर्दै उत्तीर्ण उम्मेदवारको सिफारिस गरिने जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस